logo
२०८० चैत्र १५ बिहीवार



जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

अन्तर्राष्ट्रिय |


जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो


टोकियो, मङ्सिर १५ गते । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो सङ्क्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।

‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताउनुभयो । विद्यमान बुकिङमा असर नपर्ने पनि उहाँले बताउनुभएको छ । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा कडा गरिसकेको छ । दश दक्षिण अफ्रिकी राष्ट्रहरूबाट आउने सबै गैर नागरिकहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

भाइरसको डरले दर्जनौंभन्दा बढी देशहरुबाट आएका नागरिकहरू र विदेशी बासिन्दाहरुका लागि क्वारेन्टाइन उपायहरु पनि कडा बनाइएको छ । जापानी अधिकारीहरूका अनुसार ओमिक्रोनको दोस्रो केस बुधबार पेरुबाट आएका यात्रीमा पुष्टि भएको थियो । पहिलो केस, मङ्गलबार घोषणा गरियो, नामिबियाबाट आएका एक व्यक्ति समावेश थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?