logo
२०७८ माघ १५ शनिवार



भारतमा सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमतिको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुग्यो


नयाँदिल्ली, मङ्सिर १५ गते । भारतमा हिजो मङ्गलबार आठ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मङ्गलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप
khwopo-college