logo
२०७८ माघ १३ बिहीवार



एमाले १० औँ महाधिवेशन : नेतृत्व चयनका लागि मतदान जारी

मुख्य समाचार |
राजनीति |


एमाले १० औँ महाधिवेशन : नेतृत्व चयनका लागि मतदान जारी


काठमाडौं, मङ्सिर १४ गते । नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार साँझ अन्तिम नामावली प्रकाशित भएपछि मंगलबार राति २ बजे भनिएको मतदान बिहान ४ बजेपछि सुरु भएको हो ।

सोमबार राति केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि अन्तिम नामावली प्रकाशन गरेको थियो ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको उम्मेदवारी परेको छ ।

त्यसैगरी उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।

उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णसुप्रसाद रिमालले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेट र लेखराज भट्टले उम्मेदवारी दिनुभएको छ ।

मध्यरातमा सुरु भएको मतदान बिहान ८ बजेसम्म हुनेछ । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचन भए पनि केही पद भने सर्वसम्मत भएको छ । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव लगायतका पदमा सर्वसम्मत भएको हो । एमालेको विधानमा व्यवस्था भएको सिट संख्या बराबर मात्र उम्मेदवारी परेपछि केही पद सर्वसम्मत भएका हुन् ।

मध्यरातमा मतदान हुँदा मतदातालाई केसी समस्या भए पनि लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्ने अध्यक्ष उम्मेदवार भीम रावलले जानकारी दिनुभयो । रावलले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी हुँदाहुँदै सदस्यमा समेत नाम राखेर निर्वाचन आयोगले त्रुटी गरेको जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college