logo
२०८० चैत्र १६ शुक्रवार

  नेपाली काँग्रेसको १४ औं महाधिवेशन  



६३ जिल्लामा अधिवेशन प्रक्रिया जारी, ३५ सय प्रतिनिधि निर्वाचित

राष्ट्रिय |


६३ जिल्लामा अधिवेशन प्रक्रिया जारी, ३५ सय प्रतिनिधि निर्वाचित


काठमाडौं, मंसिर १० गते । सत्तारूढ दल नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया जारी  छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार साँझसम्मा ६३ जिल्लामा अधिवेशनको प्रक्रिया जारी रहेको छ ।काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ३२ जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्रभएका ४२ मध्ये ३१ जिल्लामा गरि जम्मा ६३ जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको हो । यसैगरी हालसम्ममा काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनका लागि तीन हजार पाँच सय प्रतिनिधि निर्वाचित भएको उहाँले जानकारी दिनुभयो ।

एकभन्दा बढी निर्वाचन क्षेत्र भएको ३१ जिल्लाहरुमध्ये झापामा चुनावी प्रक्रिया सुरु भएको छ भने कास्कीमा मतदान सकिएको समितिका अर्का सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । यसैगरी, श्रेष्ठका अनुसार मोरङ, उदयपुर, ललितपुर, तनहुँ, बागलुङ, गुल्मी, दाङ, कञ्चनपुर, धादिङ, पाल्पा लगायतका जिल्लामा नोमिनेसन प्रक्रिया सुरु भएको छ । जसमा, उदयपुरमा सहमति प्रयास, तनहुँ र बागलुङमा भोलि शनिबार चुनाव हुने श्रेष्ठले बताउनुभयो ।

यसैगरी, सुनसरी, कैलाली, कपिलवस्तु र नवलपुरमा अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको छ । सिन्धुलीमा प्रक्रिया अगाडि बढेको,काभ्रेमा निर्वाचन प्रक्रिया र नुवाकोटमा मतदान प्रक्रिया अगाडि बढेको छ भने भक्तपुरमा अधिवेशन तयारी भइरहेको छ ।

चितवनमा शुक्रबार एमाले दशौं महाधिवेशनका कारण अधिवेशन स्थगन गरि पछाडि सारिएको छ । मकवानपुरको पनि पछि अधिवेशन गर्ने भएको छभने गोरखाको परिणाम आइसकेको जनाइएको छ ।रुपन्देहीमा जिल्ला कार्य समितिमा सहमति प्रयास भइरहेको छ । काठमाडौं अधिवेशनबारे पनि छलफल एवम् तयारी भइरहेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?