logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा एक दिनमा दश हजार ५७९ नयाँ कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एक दिनमा दश हजार ५७९ नयाँ कोरोना सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर १० गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख १० हजार १३३ रहेको छ । यो सङ्ख्या कुल सङ्क्रमित भएकामध्येको ०.३२ प्रतिशत मात्रै हो । सक्रिय सङ्क्रमितको सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या कुल सङ्क्रमितमध्येको ९८.३३ प्रतिशत हो । यो पनि सन् २०२० को मार्च पछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ छ ।

हिजो बिहीबार मात्र कोरोना सङ्क्रमणको कारण ४८८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यहाँ हालसम्म ६३ करोड ७१ लाखभन्दा बढी व्यक्तिले कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २० करोड २७ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?