logo
२०८१ बैशाख ७ शुक्रवार



तमोर करिडोरले चीन र भारत जोड्दै

मुख्य समाचार |


तमोर करिडोरले चीन र भारत जोड्दै


चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो ।
तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको
ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।
चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर करिडोरमार्फत भारत र चीनलाई सडक सञ्जालले जोड्नेछ । यसरी भारत र चीनलाई सडक सञ्जालले जोड्ने निर्माणाधीन तमोर करिडोरको कार्य हाल निरन्तर भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

करिडोरको ट्र्याक निर्माणकार्य भइरहेको र अहिले जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला क्षेत्र प्रवेश गरिसकेको एलाइट निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिनुभयो । आगामी फागुन मसान्तअगावै चीनसँग सडक जोड्ने लक्ष्यका साथ हाल काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि लामिछानेले बताउनुभयो ।
टिपताला नाकादेखि ओलाङ्चुङगोला बस्ती हँुदै गैरीपाटीसम्म ३५ किलोमिटर ट्र्याक दुई वर्षअघि नै निर्माण गरिएको छ । ओलाङ्चुङगोलावासीको सक्रियतामा जम्मा भएको बजेट लगानी गरेर तिब्बतको निर्माण कम्पनीमार्फत नाकादेखि गैरीपाटीसम्म सडक निर्माण गरिएको हो । यता, तमोर करिडोरअन्तर्गत सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम,पाँचथरको क्षेत्र हुँदै ताप्लेजुङको ओलाङ्चुङगोला सुकेपानीसम्म हाल ट्र्याक खुलिसकेको छ ।

ओलाङरचुङगोलाभित्रै पर्ने सुकेपानीदेखि गैरीपाटीसम्मको दूरी तीन किलोमिटर रहेको उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङरचुङगोला) सडक योजनाका सूचना अधिकारी माधव पौडेलले बताउनुभयो । पौडेलका अनुसार, सुकेपानी–गैरीपाटी ट्र्याक निर्माण सम्पन्न भएको भारतको जोगबनी हँुदै प्रदेश १ को राजधानी विराटनगर–इटहरी–धरान–चतारादेखि करिडोरले टिपताला जोडरनेछ ।
उत्तर–दक्षिण सडक योजनाका अनुसार हाल सञ्चालनमा रहेको सडक जोगबनीदेखि चतारासम्म ६० किलोमिटर रहेको छ । चतारादेखि ओलाङरचुङगोलासम्म २३० किलोमिटर दूरी रहेको छ भने ओलाङरचुङगोलादेखि टिपतालासम्म २४ किलोमिटर दूरी पर्छ । मुख्य तमोर करिडोर आयोजनाको दूरीसमेत कुल ३१४ किलोमिटर दूरीको सडकले भारत र चीनलाई सडक सञ्जालले प्रत्यक्ष रूपमा जोडरने उत्तर–दक्षिण सडक योजना कार्यालय ताप्लेजुङले जनाएको छ ।
२०६५ सालदेखि तमोर करिडोरको निर्माणकार्य सुरु गरिएको हो । निर्माण सुरु भएको दुई वर्षपछि करिडोरलाई सरकारले प्राथमिकता दिँदै राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर धनकुटाको मूलघाटदेखि निर्माण सुरु गरी धनकुटाकै साँगुरीगढी गाउँपालिका–२ हुँदै पाँचथरको लुमुघाट, माझीटार र ताप्लेजुङको धेरै भू–भाग छिचोलेर अहिले ओलाङरचुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?