logo
२०८० चैत्र १५ बिहीवार



रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

अन्तर्राष्ट्रिय |


रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


मस्को, कात्तिक ५ गते । रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ ।

घटनाको समयमा उक्त कारखानामा १७ जना कामदार थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जनाको शव भेटिएको छ।

विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ ।

घटनाको कारण अझै पत्ता लागेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?