logo
२०८० चैत्र १६ शुक्रवार



यो वर्ष अस्वभाविक झरी, पूर्व सूचनाकाे बेवास्ताले धानबालीमा क्षति

अर्थ |


यो वर्ष अस्वभाविक झरी, पूर्व सूचनाकाे बेवास्ताले धानबालीमा क्षति


काठमाडौं, कात्तिक २ गते । सोमबार विहानैदेखि अस्वभाविक रुपमा देशैभर मनसुन सक्रिय हुँदा परेको पानीका कारण धानबालीमा ठूलो क्षति पुर्याएको छ । एक साता अघिनै मौसम पूर्वनुमान महाशाखाले सूचना जारी गरेपनि किसानले सूचना प्रति चनाखो नहुँदा क्षति वेहुर्नु परेको जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्माले बताउनुभयो ।
यस वर्ष अस्वभाविक रुपमा पानी पर्दै आएको र अझै पनि केही दिन पानी पर्न सक्ने भन्दै महाशाखाले एक साता अघि सूचना जारी गरेको थियो । जल तथा मौसम विज्ञान विभाग र कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसानलाई राहत हुने गरी मनसुनको पूर्वसूचना दिँदै आए पनि सूचना प्रति किसानले चासो नदेखाएको शर्माले बताउनुभयो । यसले गर्दा पाकेको धानबालीमा क्षति पुग्यो, यस्तै हो भने भोकमरीको सामाना गर्नु पर्ने पर्ने हुन्छ ।
एक साता अघिको सूचनालाई चासो दिएर काटिएको धान कुन्यौ बनाएर थन्क्याएको भए र काट्न रोकेर एक साता पछि काटेको भए यो क्षति नहुने विज्ञहरुको भनाई छ । प्राकृतिक विपत्ति र मौसममा भएको परिर्वतनका कारण पोष्ट मनसुनको समयमा बाढीनै आउने गरी पानी पर्नु अस्वभाविक हो तर यसबाट वालिनाली बचाउन सकिन्थ्यो, कृषि विभागका सूचना अधिकारी डा.महादेवप्रसाद पौडेलले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेर कृषि सूचना तथा सञ्चार केन्द्रले किसानका लागि बाली उठाउने र बाली रोप्ने, रोग कीरा लाग्ने , विषादी, औषधि राख्ने जस्ता जानकारी गराउँदै आएको पौडेलले जानकारी दिनुभयो । तर मौसमसँग जोडेर तत्काल किसानलाई सतर्क गराउने काम भने विभागले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।
मनसुनी अवधिमा ११५.५ प्रतिशत पानी परेर १० दिन ढिलाइ गरी यस वर्ष असोज २६ गतेदेखि नेपालबाट मनसुन वाहिरिएको थियो । तर मनसुन बाहिरिए पनि बाढीनै आउने गरी वर्षा हुनु मौसम परिर्वतनकै असर भएको मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
केही वर्ष अघिदेखि वेमौसमी वर्षा हुने अवस्थालाई हेर्दा किसानले मर्का खेप्नु परेको छ । जल तथा मौसम विज्ञान विभागले देशैभरबाट स्टेशन राखेर तीन दिनसम्मको मौसमको पूर्वनुमान र २४ घण्टाको बाढीको पूर्वनुमान गर्दै आएको छ । मनसुन सकेको पनि सोमबारदेखि मात्र २४ घण्टामा कर्णाली, सेती, महाकाली नदीमा १५० मिलिमिटर बर्षा भएको छ । यो वर्षालाई स्वभाविक मान्न नसकिने पौडेलको भनाई छ ।

नेपालमा यस वर्ष अरवियन सागर हुँदै पश्चिमी वायू नेपाल भित्रिएको र पश्चिम बंगाल हुँदै पुर्वीयवायू नेपाल भित्रिएकाले सरदर भन्दा धेरै र भारी बर्षा भएको पौडेलले बताउनुभयो । अझै पनि न्युनचापिय रेखा तिव्वत आसपासमा रहेकाले नेपाल हल्का देखि मध्यम सम्मको पानी पर्ने क्रम रही रहने मौसमविद्हरुले जनाएका छन् । घाम लाग्न थालेपछि किसानले मौसम बारे कुनै ख्याल नराख्ने गरेको भन्दै किसानहरुलाई मनसुनबारे चासो राख्न समेत मनसुनविद्हरुले सुझाव दिएका छन् । दुई दिनदेखि परेको पानीले खेतीपातीसँगै पदयात्रा र पर्वतारोहणमा गएका पर्यटकलाई समेत असर पुर्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?