logo
२०८० चैत्र १६ शुक्रवार



बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार सङ्क्रमित

अन्तर्राष्ट्रिय |


बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार सङ्क्रमित


लन्डन, कात्तिक २ गते । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घण्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार यहाँ ४९ हजार १५६ जना सङ्क्रमित देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो सङ्ख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा यहाँ सङ्क्रमण झन् बढेको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ८५ लाख पुगेको जनाएका छन् ।यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा ४५ जनाको निधन भएको छ । यो समेतगरी यहाँका १ लाख ३८ हजारभन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको छ ।

महिनौँपछि यहाँ ठूलो सङ्ख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ ।यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?