logo
२०८१ बैशाख ८ शनिवार



वामपन्थी नेता मोहन वैद्यलाई भेट्न नर्भिक पुग्नुभयाे उपराष्ट्रपति पुन

मुख्य समाचार |


वामपन्थी नेता मोहन वैद्यलाई भेट्न नर्भिक पुग्नुभयाे उपराष्ट्रपति पुन



काठमाडौं, कात्तिक २ गते । उपराष्ट्रपति नन्दकिशोर पुन थापाथलीस्थित नर्भिक अस्पतालमा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यस्थिति बुझ्न पुग्नुुभएको छ ।
दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति पुन विहान ८ः३० बजे नर्भिक अस्पताल पुग्नुभएको हो ।
उहाँले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको थियो । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।
सो क्रममा उहाँले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो । उहाँ नर्भिक अस्पतालमा करिब १० मिनेट बस्नुभएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?