logo
२०८१ बैशाख ७ शुक्रवार



मलेसियामा एक नेपालीको मृत्यु   

विदेश |
खुला |


मलेसियामा एक नेपालीको मृत्यु   



बैतडी, कात्तिक १ गते । वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ ।    
    
मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?