logo
२०८० चैत्र १६ शुक्रवार



दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी 

मुख्य समाचार |


दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी 


        
काठमाडौँ, असोज २९ गते । नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८:१९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ ।    
    
देवी बिजर्सजनका लागि बिहान ८:१९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी बिसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी बिसर्जन गरिएको छ ।    
    
 विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?