logo
२०८० चैत्र १६ शुक्रवार



च्याङ्ग्राले भरिभराउने हुने हिल्सा नाका यसपाली सुनसान

प्रदेश |


च्याङ्ग्राले भरिभराउने हुने हिल्सा नाका यसपाली सुनसान


राजन रावत
ह्ुम्ला, असोज २८ गते । दशैकोबेला चीनको ताक्लाकोट र आसपासका क्षेत्रबाट जिल्लाका लागि ल्याईने च्याङ्ग्राले भरिभराउ हुने हिल्सा नाका अहिले सुनसान हुनेगरेको छ । कोरोना कहरले नाका नै बन्द हुँदा व्यापारीले च्याङ्ग्रा ल्याउन नपाएपछि हिल्सा क्षेत्र सुनसान भएको हो ।

हिल्साका होटेल ब्यापारी कर्मा लामाले दुई वर्षयता हिल्सा नाका सुनसान हुँदैआएको बताउनुभयो । ताक्लाकोटबाट जिल्लाभरि पुग्ने च्याङ्ग्रा खरिद गर्ने ब्यापारी र च्याङ्ग्राले चहलपहल हुनेगरेको बिगत सम्झदै उहाँले ती दिन सपनाजस्तो भएको बताउनुभयो । ब्यापारीसँग खरिदकर्ताले मोलमोलाई गर्ने भिडभाड पनि निक्कै हुनेगरेको बताउँदै उहाँले मानिस आउनै छोडेको बताउनुभयो ।

कोरोनायता चीनले हिल्सा नाका पुर्णरुपमा बन्द गरेको छ । एक जना ब्यापारीले पाँच सयसम्म च्याङ्ग्रा बिक्रीका लागि ल्याउने गर्थे । बर्षमा चार पाँच हजार च्याङ्ग्रा भित्रिने गर्थे । तर कोरोना कहर भएपछि एउटा पनि च्याङ्ग्रा नआएको उहाँले बताउनुभयो ।

च्याङ्ग्रा ब्यापारी छिरिङ लामाले दुई वर्षयता जिल्लामा च्याङ्ग्रा भित्रिन छोडेको बताउनुभयो । एउटै वर्ष चार सयसम्म च्याङ्ग्रा खरिद गरेर ल्याई बिक्री गरेको कुरा सपनाजस्तो भएको उहाँले बताउनुभयो । उहाँले ताक्लाकोटबाट च्याङ्ग्रा ल्याई पुर्याउने मुख्य स्थान हिल्सामा दक्षिणी हुम्लाबाट खसी खरिद गरेर ल्याउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।

हिल्सामा रहँदै आउनुभएको स्थानीय, सीमा सुरक्षा चौकीका सुरक्षाकर्मीले पनि दशैका लागि सदरमुकाम सिमकोटबाट खसी खरिद गरेर लिनु परेको थियो । पहिले उताबाट च्याङ्ग्रा आउने भएकाकारण हिल्सामा भिडभाड र चहलपहल हुने गरेको भएपनि अहिले जिल्लाबाट लोकल खसी जानेगरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?