logo
२०८१ बैशाख ८ शनिवार



ताप्लेजुङमा जिप दुर्घटनाः १८ घाइते, नौ जना गम्भीर

खुला |


ताप्लेजुङमा जिप दुर्घटनाः १८ घाइते, नौ जना गम्भीर


चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २८ गते । ताप्लेजुङमा दशैँको महानवमीको दिन बिहीबार जिप दुर्घटना हुँदा अठार जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा मे १ ज २०५६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा गर्भवती महिलासहित नौ जना गम्भीर घाइते छन् । बाँकी सामान्य घाइते भएका छन् ।

सदरमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप दिउँसो १२ः३० बजेतिर ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवकाअनुसार घाइते हुनेमा बालबालिकासमेत छन् । घाइते सबैको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेकफेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?