logo
२०८१ बैशाख ११ मंगलवार



उपराष्ट्रपतिद्वारा सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त

मुख्य समाचार |


उपराष्ट्रपतिद्वारा सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त


काठमाडाैं, असाेज २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले ठूलो मानवीय क्षति हुने गरी दुई दिनको अन्तरालमा कर्णालीको मुगु र गण्डकीको कास्कीमा भएका सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

बुधबार एक वक्तव्य जारी गर्नुहुँदै उहाँले नेपालीको महान् चाड दशैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीहरुको दशैँको फुलपातीको दिन दुर्घटनामा निधन भएको र दशैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा स्तब्ध भएकाे जनाउनुभएकाे छ ।

उपराष्ट्रपतिले दुवै दुर्घटनामा निधन हुनुभएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरुका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

 उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?