logo
२०८० चैत्र १६ शुक्रवार



गाडीभाडा बढ्याे, सडकभन्दा धेरैले हवाई यात्रा राेज्न थाले

पढ्नै पर्ने |
खुला |


गाडीभाडा बढ्याे,  सडकभन्दा  धेरैले हवाई यात्रा राेज्न थाले


काठमाडौं, असोज २१ गते । लामोदुरीमा चल्ने सार्वजनिक यातायातको भाडादरमा २८ प्रतिशत बृद्धि गरेसँगै हवाई यात्रुको संख्यामा बृद्धि हुन थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको तथ्याङ्क अनुसार दैनिक १४ हजार भन्दा बढी यात्रुले हवाइ सेवा मार्फत यात्रा गर्ने गरेको पाइएको छ ।
दुई महिना अघिसम्म अराइभल र डिपार्चर गरी दैनिक एक सय वटासम्म उडान हुँदै आएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले हाल दैनिक २५६ वटासम्म उडान गर्दे आएको छ । सोमबार छ हजार ७५० जना बाहिरिएका थिए भने छ हजार ६६८ जना भित्रिएका थिए । गत सोमबार १२५ वटा अराइभल र १३१ वटा डिपार्चर गरी २५६ वटा उडान भएको थियो । यी उडानबाट १३ हजार ४१८ जनाले हवाइ सेवामार्फत यात्रा गरेका थिए । यता काठमाडौं उपत्यकाबाट दैनिक १५ हजार यात्रु सार्वजनिक बसबाट वाहिरीने गरेको प्रहरीको तथ्याङक छ । यो जहाजको संख्या र गाडीको संख्याको अनुपातमा गाडीको यात्रा गर्नेको संख्या कमी हो ।
गत सात छ हजार ५२३ जना काठमाडौंबाट बाहिरिएका थिए भने छ हजार ३७१ काठमाडौं भित्रिएका गरी १२ हजार ८९९ जनाले यात्रा गरेका थिए । यस अघिको तुलनामा दोव्वरभन्दा पनि बढीले यात्रुको संख्या बृद्धि भएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । सरकारले गत महिनादेखि लामोदुरीमा चल्ने यातायातको भाडादरमा २८ प्रतिशतसम्म बृद्धि गर्दा हवाइ भाडा समान पर्न आएको भन्दै गाडीको यात्रा भन्दा हवाइ यात्रानै रोज्नु परेको यात्रु संगित लिम्बुले बताउनुभयो । विराटनगरसम्म पुग्न गाडीको भाडादर एक हजार सातसय रुपैयाँ तोकेको छ, तीन हजार रुपैयाँमा जहाजकै टिकट पाए त्यसैले जहाजबाटै काठमाडौं जाने निर्णय गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय निजी वायुसेवा कम्पनीहरुले ठूला सिट क्षमताको जहाजहरु पर्याप्त मात्रामा भित्राएसँगै हवाइ यात्रा गर्नेका लागि सिट प्रसस्त भएको र सस्तो दरमा समेत उडान हुन थाले पछि यात्रुको आकर्षण बड्न थालेको नागरिक उडड्न प्राधिकरणका कार्यबहाक महानिर्देशक राजकुमार क्षेत्रीले बताउनुभयो । हवाइ सेवामा भएको प्रतिस्पर्धा र जहाज थप्ने क्रम बड्दै गएकाले अझै पनि गाडीमा भन्दा जहाजमा यात्रा गर्नेको संख्या बृद्धि हुने उहाँले बताउनुभयो । सुगम क्षेत्रमा पछिल्लो समय ठूला जहाजहरु ७२ जना यात्रु बोक्न सक्ने क्षमताको एटिआर ७२, ६० जना यात्रु बोक्न सक्ने सिआरजे ८० जना यात्रु बोक्न सक्ने ड्यास मोडलका जहाजहरुले सेवा विस्तार गरेसँगै सीट संख्या बृद्धि हुदाँ उडानको संख्यामा कमी आएको छ ।
हाल नेपालमा बुद्ध, यती श्री, सौर्य, तारा, समिट, गोमा, सीता र नेपाल एअरलाइन्सले उडान भर्दै आएको छ ।गाडीमा भीडभाड हुने, लामोदुरीको यात्रा गर्नु पर्ने, खाजा, खाना र मानसिक असर लगायतले गर्दा हवाइ यात्रानै उपयुक्र्त भएको यात्रुहरुको भनाई छ । हाल नेपालमा नेपाल एअरलाइन्स लगाययत आठ वटा निजी वायूसेवा कम्पनीले हवाइ सेवा दिँदै आएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि बन्द भएको सार्वजनिक यातायात र हवाइ सेवा दुई महिनादेखि नियमीत रुपमा सञ्चालन हुँदै आएको छ । यता यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुन्यप्रसाद सिटौलाले भने विगत १५ वर्षदेखि भाडादर समायोजन नभएकाले यस महिनादेखि समायोजन गरेको बताउनुभयो । भाडादर महँगो हुनुमा इन्धनको मुख्यबृद्धिनै मुख्य कारण भएकाले सरकारले सार्वजनिक सवारीसाधन र लामोदुरीमा सञ्चालन हुने गाडीका लागि सहुलितदरमा इन्धन उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेको उहाँले बताउनुभयो ।
विमानस्थले दशैंमा थप यात्रुको चाप हुने भन्दै दैनिक १५ वटा उडान संख्या थप गरेको प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो । पहाडी क्षेत्रमा उडान गर्ने तारा, समिट, नेपाल एयरलाइन्स र सीता एयरलाई समेतलाई दैनिक पाँचवटा थप गरेको छ भने सुविधा सम्पन्न क्षेत्रमा उडान भर्ने एटिआर७२ स्तरका ठूला जहाजका लागि दैनिक १० उडान थप गरेको शेर्पाले जानकारी दिनुभयो । अक्टोवर महिनादेखि दैनिक १३० वटा अराइवल र १३० वटा डिपार्चर गरी दैनिक २६० वटा उडान हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?