logo
२०८० चैत्र १६ शुक्रवार



रुसमा एकैदिनमा अहिलेसम्मकै धेरै नौ सयभन्दा बढी सङ्क्रमितको मृत्यु

अन्तर्राष्ट्रिय |


रुसमा एकैदिनमा अहिलेसम्मकै धेरै नौ सयभन्दा बढी सङ्क्रमितको  मृत्यु


मस्को, असोज २० गते । रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख १२ हजार ६२५ पुगेको छ ।

कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएकाले र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको सङ्ख्या कम भएकाले पनि मृतकहरुको सङ्ख्या अत्यधिक धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए ।

रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?