logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

मुख्य समाचार |


राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित


काठमाडौँ, असोज ७ गते । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक– २०७८’ लाई बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा ९एमाले०ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?