logo
२०८० चैत्र १५ बिहीवार



कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसङ्घीय महासभामा बैठक हुने

अन्तर्राष्ट्रिय |


कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसङ्घीय महासभामा बैठक हुने


सयुक्त राष्ट्रसङ्घ, असोज ७ । संयुक्त राष्ट्रसङ्घले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।

हाल संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ संयुक्त राष्ट्रसङ्घको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिडविरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउनेछ ।

उहाँले भन्नुभयो– मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताहरुले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।

यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताहरुको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुनेछ उहाँले भन्नुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?