logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्च अदालत बार एसोसियसनकाे गम्भीर ध्यानाकर्षण

खुला |


सर्वोच्च अदालत बार एसोसियसनकाे गम्भीर ध्यानाकर्षण


गोरखापत्र अनलाइन

काठमाडौं, असोज ४ गते । आइतबार संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा सर्वोच्चका बहालवाला न्यायाधीशलाई प्रदान गरिएको मान–पदवी विभूषणप्रति सर्वोच्च अदालत बार एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार सचिव ऋषिराम घिमिरेद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत् बारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । न्यायपालिकामा कार्यरत कुनै पनि न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक वा पुरस्कारले अनुचित प्रभाव पार्ने वातावरण सृजना गर्न नहुने एसोसियसनले जनाएको छ ।

न्यायपालिकालाई प्रभाव पार्नेगरी यस्ता मान –पदवी दिने गरी सिफारिस र घोषण नगर्न पनि बारले विज्ञप्तिमार्फत् आग्रह गरेको छ । संविधान दिवसको अवसरमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा केही न्यायधीशहरूलाई मान पदवीद्वावा विभूषित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?