logo
२०८० चैत्र १६ शुक्रवार



डडेलधुरामा सम्पन्न वडास्तरीय अधिवेशनको सम्वन्धमा गरिएको प्रचार ‘सुनियोजित अफवाह’

राष्ट्रिय |


डडेलधुरामा सम्पन्न वडास्तरीय अधिवेशनको सम्वन्धमा गरिएको प्रचार ‘सुनियोजित अफवाह’


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ३१ गते । डडेलधुरामा सम्पन्न नेपाली काँग्रेस पार्टी वडास्तरिय अधिवेशनको बैधानिकता र प्रक्रियाका सम्वन्धमा सार्वजनिक गरिएको प्रचार ‘सुनियोजित अफवाह’ मात्र भएको बताइएको छ ।
काँग्रेस जिल्ला कार्यसमिति सचिव हेमराज चटौत अमरगढी नगरपालिका–५ र नवदुर्गा गाँउपालिका–३ वाहेकका ५० वटा वडाहरुमा लोकतान्त्रिक अभ्यास अनुरुप केहि सहमति त कहीँ निर्वाचनबाट बैधानिक ढंगले नयाँ नेतृत्व चयन गरिएको बताउनुहुन्छ ।
‘डडेलधुरा प्रधानमन्त्री एवं पार्टी सभापतिको गृह जिल्ला भएकाले पनि लोकतान्त्रिक प्रणाली अनुसार सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न गर्नु सबैको दायित्व हो’ उहाँले भन्नुभयो–वडाधिवेशन सम्पन्न भइसकेको अवस्थामा बैधानिकतामाथि प्रश्न उठाउनुको कुनै अर्थ छैन ।
डडेलधुराका ९ वटा वडा बाहेक प्रायः सबैमा सर्वसम्वतढंगले वडाध्यक्ष सहित कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिहरु छनोट भएका छन् । वडाअधिवेसनमा ७५ देखि ९८ प्रतिशत क्रियाशील सदस्यहरुको उपस्थिति रहेको दावी सचिव चटौतको छ ।
त्यस्तैं, अमरगढी–५, नवदुर्गा–३, अजयमेरु–३ र नवदुर्गा ५ मा पनि जवरजस्ती विवाद निकालिएको हो । जोगबुढा नगरपालिकाका मेयर एवं काँग्रेस डडेलधुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले भन्नुभयो– ती वडाहरुमा पनि ‘जवरजस्ती’ विवाद निकालिएको हो ।
काँग्रेस डडेलधुरा जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार, पुराना २८ सय ६८ र नयाँ २५ सय ९९ गरी पाँचहजार चारसय ६७ क्रियाशील सदस्य रहेका छन् । अधिवेसनका क्रममा ४५ भन्दा बढी वडामा शतप्रतिशत क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो ।
‘बाँकी दुईटा वडामा डडेलधुरा काँग्रेस सभापति कर्ण मल्ल समूहले भदौ २५ गतेको निर्धारित मितिपछि अधिवेशन गर्न इच्छा देखाएको तर, आफूहरु सहमत नभएको पार्टी सचिव चटौतले बताउनुभयो । सभापतिको इच्छा अनुसार अधिवेसन गर्ने कुरा विधान सम्वत हुदैन ।
पार्टीको विधान र केन्द्रीय निर्देशन अनुरुप सम्पन्न भएको अधिवेसनमा पुनः गराउन माग गर्नु राजनीति ‘फण्डा’ भएको आरोप उहाँको छ । दुईटा वडामा क्रियाशील सदस्य नै नभएका ब्यक्ति आएर हो–हल्ला गरेका हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?