logo
२०८१ बैशाख १३ बिहीवार



सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आह्वान

मुख्य समाचार |


सभामुखद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आह्वान



काठमाडौं, भदौ २७ गते । सभामुख अग्निप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गर्नुभएको छ । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुको बैठकमा अवरोध र नाराबाजी कायमै राखेपछि त्यस विषयमा छलफल गरी सहमति गर्ने उद्देश्यसाथ बैठक आव्हान गरिएको प्रेस विज्ञ न्यौपानेले बताउनुभयो । सभामुख सापकोटाले संसद बैठक खुलाउन संवादको औपचारिक आह्वान नगर्नुभएको आरोप एमालेले लगाईरहेका बेला सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।

यहीबीच आज छोटो समयका लागि सभामुख सापकोटाले एमाले सांसदहरुसँग संवाद गर्नुभएको थियो । आजको संसद बैठक स्थगित गरी एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो । बैठकमा सहमति हुन नसकेपछि सर्वदलीय बैठक बोलाउनुभएको प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । एमालेले विभिन्न मागराखी नियमित संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

बैठकमा संसद बैठक सुचारु गर्ने तथा महत्वपूर्ण कार्यसूचीबारेमा छलफल हुने प्रेस विज्ञ न्यौपानेले जानकारी दिनुभयो । संसदमा अहिले एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, राप्रपा, राजमो र नेमकिपासहित एकजना स्वतन्त्र सांसद हुनुहुन्छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?