logo
२०८१ बैशाख ७ शुक्रवार



प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

मुख्य समाचार |


प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौं, भदौ २५ गते । प्रतिनिधिसभा आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । दिउँसो १ बजे संसद बैठक शुरु हुने वित्तिकै नेकपा (एमाले) का सांसदहरुले रोष्टम अगाडि विरोध प्रदर्शन गरी बैठकमा अवरोध सर्जना गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठकलाई १५ मिनेटकालागि स्थगित गर्नुभएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिपक्षी सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ आफूले दिइसकेकाले जनजीविकाको विषयमा छलफल गर्न बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । बाढी पहिरोका कारण देश समस्यामा छ, जनताको समस्याबारे बैठकमा छलफल गर्नुपर्ने भएकाले सहयोग गर्न उहाँले पटक पटक आग्रह गर्नुभयो ।

संविधानको धारा १०५ उल्लेख गर्नुहुँदै सभामुख सापकोटाले बहसमा बन्देज लगाउन नपाइने बताउनुभयो । संविधानको सो धारामा भनिएको छ, “नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दाहरुका सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर पार्ने विषय तया न्यायाधीशले कर्तव्य, कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छ ।”

वाक स्वतन्त्रतालाई कुण्ठित नगरी देशका जल्दावल्दा समस्याका बारेमा छलफल गर्नुपर्ने भएकाले छलफल मार्फत आफ्ना विचार राख्न र अरुलाई धारणा राख्न वातावरण बनाइदिन सभामुख सापकोटाले आग्रह गर्नुभयो । निस्कर्षमा पुग्न सहज वातावरण बनाउन आवश्यक रहेकाले संसदको नियमावलीको व्यवस्था बमोजिम सहज वातावरण बनाइदिन उहाँले सांसदहरुलाई जानकारी गराउनुभयो ।

सभामुखको सो आग्रहलाई एमाले सांसदहरुले वेवास्ता गर्दै नाराबाजी कायम राख्नुभयो । ‘विधिको शासन कायम गर, संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, नागरिक सर्वोच्चता कायम गर’, लगायतको नारासहित बैठक कक्षको रोष्टम अगाडि विरोध प्रदर्शन गर्नुभयो ।

दिउँसो १ बजे बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठकमा विरोध गर्नुभयो । यसअघि गत बुधबारको बैठकमा पनि एमाले सांसदले नाराबाजीसहित अवरोध गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?