logo
२०८१ बैशाख ८ शनिवार

निजामती दिवसको अवसरमा प्रम देउवाद्वारा वृक्षरोपण (फोटो फिचर)

मुख्य समाचार |
फोटो फिचर |


2021-09-01-45667
तस्बिर सुजन गुरूङ्ग 


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गर्नुभएको छ । यस वर्षको निजामती दिवसको अवसर पारेर सो वृक्षरोपण कार्यक्रम अयोजना गरिएको हो । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँणलगायतका उच्च पदाधिकारीको सहभागिता थियो ।
निजामती दिवस भदौ २२ गते मनाइँदैछ । यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्नसमेत आग्रह गरेको छ ।

४१ लाई निजामती पुरस्कार
यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ ।

सरकारले निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली अनुसार कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्दै आएको छ ।