logo
२०८० चैत्र १५ बिहीवार

   सीमा नाकामा खोप लगाउने तयारी   



४० लाख फाइजर खोप खरिद गरिने

मुख्य समाचार |


४० लाख फाइजर खोप खरिद गरिने


देवबहादुर कुँवर

काठमाडौँ, साउन १८ गते । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ नियन्त्रणसम्बन्धी बैठकले कोरोना नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले सीमा नाकामा कोरोना खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्री खाँणले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन निर्देशन दिनुभएको हो । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो ।
कोरोना नियन्त्रण सरकारको मूल दायित्व भएकाले राज्यका सबै संयन्त्र सक्रिय बनाई प्रभावकारी ढङ्गबाट परिचालन गर्नुपर्ने र सबैसँग सहकार्य र समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
‘मास्क लगाउन प्रेरित गर्न तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गराउनका लागि विभिन्न सङ्घ–संस्थासँग सहकार्य गर्ने निर्णय भएको छ । गृह मन्त्रालयले कोरोना नियन्त्रणका लागि सञ्चालित कार्यक्रममा सहजीकरण गर्ने जनाइएको छ ।
त्यस्तै यसै साता चीनबाट १६ लाख र जापानबाट १६ लाख गरी ३२ लाख खोप नेपाल आइपुग्ने जानकारी बैठकमा सहभागी स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दिनुभयो । प्रवक्ता पोखरेलका अनुसार कोरोनाविरुद्ध सय दिने विशेष योजना बनाउने निर्णय भएको छ ।
कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने निर्णय गरिएको छ । निजी स्रोतबाट सञ्चालित मेडिकल कलेज तथा अस्पतालसँग उपचार सुविधाका लागि समन्वय र सहकार्य जारी राख्ने भएको छ ।
कोरोना नियन्त्रण सरकारको मुख्य प्राथमिकतामा रहेकोले कोरोना नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमलाई सक्रियताका साथ लागू गरी प्रभावकारी र उपलब्धिमूलक बनाउने सहमति भएको छ ।
यसैबीच सिन्धुपाल्चोकको हेलम्बु चनौटे बजार क्षेत्रमा बाढीले पु¥याएको क्षतिका सम्बन्धमा गृहमन्त्री खाँणले जानकारी लिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?