logo
२०७८ असोज ११ सोमवार

दैनिक अध्यावधिक

image
730

सङ्क्रमित

image
1279

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन १०, २०७८ (१६:१३)
स्राेत:https://covid19.mohp.gov.np/



अमृत समान आमाको दूध (सम्पादकीय)

विचार/दृष्टिकोण |




हरेक वर्षको अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । यस वर्षको स्तनपान सप्ताह साउन १७ देखि ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ मनाउन सुरु गरिएको छ । स्तनपान र यसको महìवबारे जनचेतना फैलाउनु र स्तनपान गराउने बानी–व्यवहारमा परिवर्तन ल्याउनु यो स्तनपान सप्ताहको उद्देश्य हो ।
आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ । छ महिनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तìव आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले यसको विकल्पमा अरू खानेकुरा खोजिरहनु पर्दैन । बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने, बच्चालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउने र दुई वर्षसम्म थप आहाराका साथै स्तनपान पनि निरन्तर गराइराख्नुपर्ने सुझाव चिकित्सकहरूको रहने गरेको छ । जन्मेको आधा घण्टाभित्रै बच्चालाई स्तनपान सुरु गरिसक्नुपर्ने र २४ घण्टामा आठदेखि १० पटकसम्म आमाको दूध खुवाउनुपर्ने चिकित्सकले सुझाव दिँदै आएका छन् । यी तीन नियम पालना गर्न सकेमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने अध्ययनले देखाएको छ । नियमित स्तनपानले बच्चाको रोग प्रतिरोधी क्षमता विकास गर्ने, शारीरिक र मानसिक विकास गर्न सहयोग गर्ने, झाडापखाला लगायतका समस्याबाट मुक्त राख्न सहयोग गर्छ । समग्रमा स्तनपानले बच्चाको मृत्युदर कम हुने विशेषज्ञको दाबी छ । नियमित स्तनपान गराउने आमालाई डिम्बाशय र स्तन क्यान्सर हुनबाट बचाउने, पाठेघर सामान्य अवस्थामा फर्कन मद्दत गर्ने र अनावश्यक रूपमा तौल बढ्नबाट समेत रोक्छ ।
स्तनपान आमा र बच्चाको स्वास्थ्यका लागि अति आवश्यक र महìवपूर्ण रहे पनि समाजमा केही भ्रम अद्यापि छँदैछन् । विशेषगरी आफ्नो शारीरिक सौन्दर्य बिग्रने डरले धेरै महिला बच्चालाई स्तनपान गराउन हिच्किचाउने गरेको पाइन्छ । नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको सङ्ख्या ४५ प्रतिशतको हाराहारीमा मात्रै छ । ७० प्रतिशत महिलाले छ महिनासम्म पूर्ण स्तनपान गराउने गरेका छन् । दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाउन सुझाव दिइए पनि यसो गर्ने महिलाको सङ्ख्या कम छ । यसले बच्चाको स्वास्थ्यमा जोखिम बढाउँछ । स्तनपान गराउनुको सट्टा अन्य वैकल्पिक पदार्थ खुवाउँदा बालमृत्युको जोखिम बढी हुने गरेको छ ।
नेपालमा आमाको दूध प्रतिस्थापनसम्बन्धी ऐन निर्माण भई कार्यान्वयनमा आएको भए पनि प्रभावकारी भएको छैन । यसमा आमाको दूध प्रतिस्थापन गर्ने पदार्थको बिक्री, वितरण, नियन्त्रण र नियमन गर्ने तथा आमाको दूधको महìव प्रचारप्रसार गर्ने कुरा उल्लेख गरिएको छ । तर सहरी क्षेत्रमा बसोवास गर्ने र शिक्षित आमाले नै वैकल्पिक खानाको प्रयोग गरिरहेका छन् । स्तनपान शिशुको जन्मसिद्ध अधिकार हो । स्तनपान हरेक दृष्टिबाट महìवपूर्ण रहे पनि भ्रम वा व्यावहारिक कठिनाइले आवश्यक मात्रामा स्तनपान नगराउने महिलाको सङ्ख्या बढ्दो छ । स्तनपान बच्चाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको र मृत्युदर घटाउन प्रभावकारी रहेकाले हरेक आमाले स्तनपानलाई अनिवार्य गर्नुपर्छ । स्तनपानलाई दिगो विकास लक्ष्यसित जोडेर हेर्न थालिएको छ ।
स्तनपानसम्बन्धी भ्रम हटाउनुपर्छ । आमाको दूधको विकल्पमा प्रयोग हुने वस्तुको बिक्री वितरणलाई कडाइ गर्नुपर्छ । नवजात शिशु, मातृ शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन गर्नुपर्छ । विद्यमान ऐनको कार्यान्वयनमा प्रभावकारिता ल्याउन आवश्यक छ । स्तनपानको प्रवद्र्धन गर्भवती भएदेखि नै गर्नुपर्छ । गर्भावस्थामा नै स्तनपानको महìव, स्तनपानका फाइदा, स्तनपानका विधिलगायतका कुरामा आमालाई परामर्श दिने र स्तनपानका लागि पहिलेदेखि नै तयारी गर्ने हो भने जन्मने वित्तिकैबाट आमाले आफ्नो शिशुलाई दूध चुसाउन थाल्छन् । स्वास्थ्य संस्था वा गाउँघरमा स्वास्थ्यकर्मीबाट स्तनपानसम्बन्धी परामर्श दिने र त्यसको अनुगमन गर्ने दरिलो प्रणालीसमेत विकास गर्न आवश्यक छ । स्वस्थ समाज निर्माण गर्न बालबालिकाको स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसका लागि स्तनपान प्रवद्र्धन गर्न आवश्यक छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?