logo
२०७८ असोज १२ मंगलवार

दैनिक अध्यावधिक

image
975

सङ्क्रमित

image
1262

निको भएका

image
7

मृत्यु भएका

मिति:आश्विन ११, २०७८ (१६:१८)
स्राेत:https://covid19.mohp.gov.np/



राष्ट्रपति भण्डारीबाट रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकियो  

मुख्य समाचार |


राष्ट्रपति भण्डारीबाट रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकियो  


    
काठमाडौँ, साउन १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायम मुकायम प्रधानसेनापति तोक्नुभएको छ ।    
     
मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।    
    
प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उहाँले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्नुहुने भएकाले ज्येष्ठताका क्रममा रहनुभएका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?