logo
२०८० चैत्र १५ बिहीवार



फुटबल प्रशिक्षक र एन्फा पदाधिकारीको विवाद मन्त्रालयले छानबीन गर्ने

फुटबल |
खेलकुद |


फुटबल प्रशिक्षक र एन्फा पदाधिकारीको विवाद मन्त्रालयले छानबीन गर्ने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षक र पदाधिकारीबीचको विवाद छानबीन गर्न युवा तथा खेलकूद मन्त्रालयलाई आग्रह गरेको छ । वरिष्ठ उपाध्यक्षसँग विवाद भएको भन्दै प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गरेपछि एन्फाको बैठकमा उक्त एजेण्डामाथि छलफल भएको हो ।
एन्फाको शुक्रबार बसेको आकस्मिक बैठकले प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको विवाद छानबीन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको प्रवक्ता किरण राईले बताउनुभएको छ । एक साता अघि राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले वरिष्ठ उपाध्यक्ष पंकजकुमार नेम्वाङ्गको कारण आफू राजिनामा गर्न लागेको सामाजिक सञ्जालमा आफ्नो अवस्था साझा गर्नुभएको थियो । लगत्तै एन्फा कार्यालय पुग्नुभएका अलमुतैरीले अध्यक्ष कर्मा छिरिङ्ग शेपासँग छलफल गर्नुभएको थियो । प्रवक्ता राईले प्रशिक्षक अलमुतैरीले राजिनामा नदिएको र उहाँ तनाब रहेको बताएकोले आराम गर्न सुझाएको बताउनुभयो ।
प्रशिक्षक अलमुतैरी विवादको दुई दिनपछि एन्फा सचिबालयमा घटनाबारे छानबीन गर्न निवेदन दिनुभएको थियो । आजको बैठकमा उक्त निवेदनमाथि छलफलको क्रममा मन्त्रालयलाई छानबीन गर्न आग्रह गर्ने निर्णय गरिएको प्रवक्ता राईले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?