logo
२०७८ श्रावण २० बुधवार

दैनिक अध्यावधिक

image
2448

सङ्क्रमित

image
1994

निको भएका

image
24

मृत्यु भएका

मिति:श्रावण १९, २०७८ (१७:३८)
स्राेत:https://covid19.mohp.gov.np/



जलपक्षी गणना असार १६ गतेबाट सुरु, आगन्तुक चरा जोखिममा

राष्ट्रिय |


जलपक्षी गणना असार १६ गतेबाट सुरु, आगन्तुक चरा जोखिममा


दीपा चौधरी
काठमाडौँ, असार ७ गते । आगन्तुक चरा आउने समयमा नेपालमा नियमित जलपंक्षीको गणना तथा अनुगमन असार १६ गतेबाट हुने भएको छ । बसाइँसराइ गरी नेपाल आउने यस्ता चरा लामो दूरीको यात्राले थकित हुने तथा बासस्थन नयाँ हुने भएकाले प्राकृतिक तथा मानवीय शिकारको अत्याधिक जोखिम रहने गरेको चरा संरक्षण संघ नेपालका प्रतिनिधि हिरुलाल डंगौराले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
हिउँदे याममा चिसो छल्न र ग्रीष्ममा बच्चा कोरल्न नेपालमा हजारौं आगन्तुक चरा आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, एउटा चराले आफ्नो जीवनकालमा चन्द्रमामा चार पटक ओहोरदोहोर गर्ने दूरी पार गर्ने गर्छ भने प्रजनन्को लागि नेपालको हावापानी उपयुक्त छ त्यसकारण यहाँ आउँछ । विश्वमा पाइने चराका ११ हजारभन्दा बढी प्रजातिमध्ये करिब ४० प्रतिशतले नियमित ऋतुअनुसार बसाइँसराइ गर्ने गरेको उहाँले बताउनुभयो ।
अनुकूल मौसम, सुरक्षित बासस्थान, चरन र प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने र नेपालमा पाइने ८८६ प्रजातिका चरा वर्षैभरि नेपालमा पनि नबस्ने भन्दै उहाँले भन्नुभयो, अन्य देशबाट बसाइँ सरेर चराहरु नेपाल आउँछन् भने यहाँबाट पनि अन्त चराहरु जान्छन् । खास गरी हिउँदे याममा उत्तरी भू–भागबाट अत्यधिक चिसो र भारी हिमपात हुने भएकाले जाडो छल्न रुस, चीन, मंगोलिया, यूरोप, कोरिया र तिब्बतीबाट करिब १५० प्रजातिका चरा नेपालमा बसाइँ सरी आउने गरेको चौधरीले बताउनुभयो ।
हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म रहन्छ र चैतसम्म आफ्नो स्थायी बसोबासमा प्रजननका लागि फर्किसक्ने हुन्छ भने ग्रिष्माकालीन आगन्तुक चराहरु फेब्रुअरीदेखि आगस्टसम्म रहन्छन् यिनीहरु करिब छ महिनाको बसाइपछि आफ्नै ठाउँमा फर्किेने गर्छन–चौधरीले भन्नुभयो, यस किसिमका गणनाको तथ्याङ्क अनुसार पछिल्ला वर्षमा घोडाघोडी लगायत तालमा चराको संख्या बढेको छ । चराको मुख्य आश्रयस्थल सिमसार विनाशले घट्दै गएको छ र चोरी शिकारले चराहरु प्रभावित छन् । नेपालमा करिब ६० भन्दा धेरै सिमसार क्षेत्र रहेकाले हिउँदे आगन्तुक चरा गर्मीयामको शुरूआतसँगै आफ्नो बासस्थान फर्किसक्दा फेरि दक्षिणी मुलुकहरू भारत, श्रीलंका र अफ्रिकाबाट हजारौं ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।
बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य र ताराको अवस्थिति, नदी, भौगोलिक सहारा लिने गरेको उहाँको भनाइ छ । नेपाल चराको लागि मध्य एसियाली उडान मार्गमा अवस्थित छ ।
आगन्तुक चराहरु हजारौं माइलको यात्रामा धेरै जोखिम पार गरी नेपाल आउने गरे पनि मार्गमा हुने अवरोध र जलवायु परिवर्तन जस्ता कारणले चराको आवागमनमा बाधा पुगेको उहाँको भनाइ छ ।
चराको बसाइँसराइले मानिस, पारिस्थितिकीय प्रणाली, राष्ट्र र संसारलाई नै जोडेको छ । यो एक प्रकारको वातावरणीय सूचकको काम हो भने हरिहाँस प्रजननका लागि सबैभन्दा उपयुक्त ठाउँ कैलालीको घोडाघोडी ताल क्षेत्र हो जहाँको सिमसार क्षेत्र दैनिकजसो बस्तीको चपेटामा छ–चौधरीले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?