logo
२०८० चैत्र १६ शुक्रवार



क्षणभरमै उजाड बन्योे चनौटे बजार

चनौटे बजारका ५५ घरमध्ये २० घर बगाएको छ भने करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको अनुमान छ ।

मुख्य समाचार |


क्षणभरमै उजाड बन्योे चनौटे बजार


भउचप्रसाद यादव

हेलम्बु (सिन्धुपाल्चोक), असार ६ गते । हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्नेबित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्नेबित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।
बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उहाँहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आउनुभएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।”
बजारमा उहाँका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उहाँको भनाइ छ । बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उहाँले बताउनुभयो । बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उहाँको भनाइ छ । सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आउनुभएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भ¥यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।”
चनोटे बजारमा रहेको चारतले माछापुच्छ«े गेस्ट हाउसको दुई तला बालुवा, माटो र ढुङ्गाले पुरिएका छन् । बाढीले भवनको खोलातिरको पर्खाल बगाइसकेको छ । गेस्ट हाउसका सञ्चालक कुलमान तामाङले वर्षायाम भर्खर सुरु भएको र दिनहँु अविरल पानी परिरहेकाले बाढीका कारण चनौटे बजारको अस्तित्व रहने कि नरहने उहाँ बताउनुहुन्छ । कालो बादल मडारिँदा र गर्जिंदा आफ्नो होसहवास नै गुम्ने गरेको उहाँ बताउनुहुन्छ ।
बाढीले मेलम्ची नगरपालिका, तालामाराङ, सेरे र हेलम्बु गाउँपालिकाको चनौटे बजार, चालिसे, तिमु, चिउरी खर्क र क्युल भन्ने ठाउँमा ठूलो क्षति पु¥याएको उहाँले बताउनुभयो । चनौटे बजारकै सोम तामाङले बाढीको आवाज सुन्नेबित्तिकै छोराछोरी लिएर घरबाट बाहिर निस्केको र आँखाकै सामुन्ने घर बगाएको बताउनुभयो । अहिले आफूहरू पालमा बसिरहेको तर कहीँकतैबाट राहत नपाएको उहाँको गुनासो थियो ।

राहत प्रदान
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले बाढीपीडित चनौटे बजारवासीका राहतका लागि ५० थान हेभिटेन्ट, सय थान त्रिपाल र १० कार्टुन स्वास्थ्य सामग्री शुक्रबार वितरण गर्नुभयो । जुरे पहिरो र भूकम्पको क्षतिबाट तङ्रिँदै गरेका सिन्धुपाल्चोकवासीलाई बाढी र पहिरोले ठूलो क्षति पु¥याएको बताउँदै उहाँले स्थल र हेलिकप्टरबाट बाढीपहिरोमा परेकालाई उद्धार, बेपत्ताको खोजीकार्य भइरहेको बताउनुभयो ।

पीडितलाई स्थायी बसोबास
सङ्घीय, प्रदेश र स्थानीय सरकार मिलेर विभिन्न प्रकोपबाट विस्थापितलाई स्थायी रूपमै स्थापित गरिने बताउँदै मन्त्री नेपालले पीडितलाई तीनवटै तहको सरकारले मिलेर जग्गा उपलब्ध गराउने र पुनर्निर्माणको काम गर्ने जानकारी दिनुभयो । विगत वर्षदेखिकै विभिन्न प्रकोपका पीडितलाई पुनस्र्थापना गर्न बाँकी रहेको र अहिले बाढीपहिरोमा परेकालाई स्थायी बसोबास गर्नका लागि सरकारले काम अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले विस्थापितलाई तुरुन्तै ५० हजार रुपियाँ, घरजग्गा नभएकालाई घडेरी खरिद गर्न तीन लाख र घर बनाउनका लागि पाँच लाख रुपियाँ प्रदान गर्ने बताउनुभयो । प्रदेश सरकारले विस्थापितको घरनजिक बाटोघाटो, विद्युत्, ढल निकास र खानेपानीका लागि छुट्टै रकम उपलब्ध गराउने बताउँदै मन्त्री नेपालले न्यूनतम पाँच घरपरिवारको एउटै बस्ती बन्छ भने एक परिवार बराबर पाँच लाख रुपियाँका दरले पूर्वाधार विकासका लागि प्रदान गरिने बताउनुभयो ।

८४ जनाको उद्धार
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जिल्लामा बाढीपहिरोपीडितको राहत र उद्धार कार्य भइरहेको बताउँदै अहिलेसम्म ८४ जनाको उद्धार गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन जना मृत फेला परेका र विदेशी तीन जनासहित २० जना बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी अहिले ४६१ जना जनशक्ति उद्धार कार्यमा खटेको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?