logo
२०८१ बैशाख ५ बुधवार



दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

प्रदेश |


दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग



ओखलढुङ्गा, असार १ गते । पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गर्नुभएको छ । रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरिएको छ ।

त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराउनुभएको छ । उहाँले कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच जिल्लालाई गरिएको उक्त सहयोगले सङ्क्रमण रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि जिल्लास्थित नेपाली सेनालाई उहाँले १३८ पिपिइ सेट र १० शव व्यवस्थापन गर्ने झोला तथा नेपाली प्रहरी र स्थानीय तहलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?