logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रपतिद्वारा मौजुदा मन्त्रिमण्डलमा हेरफेर, ४ बजे सपथग्रहण

मुख्य समाचार |


राष्ट्रपतिद्वारा मौजुदा मन्त्रिमण्डलमा हेरफेर, ४ बजे सपथग्रहण


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा साे हेरफेर भएकाे हाे ।  याेसँगै  मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । आज विहीबार सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

नवनियुक्त मन्त्रीहरुको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा  हुने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

आज शपथ खानुहुने मन्त्रीहरुमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?