logo
२०८० चैत्र १६ शुक्रवार



प्राविधिक प्रश्नमै अल्झियो इजलास

राष्ट्रिय |


प्राविधिक प्रश्नमै अल्झियो इजलास


नारायण काफ्ले

काठमाडौँ, जेठ २४ गते । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा प्रारम्भिक सुनुवाइ सुरु भएको १० दिन बितिसक्दा पनि इजलासमा अझै विषय केन्द्रित बहस प्रारम्भ हुन सकेको छैन । इजलासको बनोटको विषयमा नै निवेदक र विपक्षीका कानुन व्यवसायीले धारणा राख्ने क्रम जारी छ ।
इजलासमा सम्मिलित न्यायाधीशमाथि निवेदक र सरकारी वकिलले पालैपालो निष्पक्षताको प्रश्न उठाएपछि विषय केन्द्रित सुनुवाइ प्रभावित भएको हो । आइतबार पनि प्राविधिक प्रश्नमै बहस सीमित भयो । जेठ १४ गतेदेखि प्रारम्भिक सुनुवाइ भइरहेको छ ।
विघटनको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वोच्चका वरिष्ठतम् न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेको इजलास गठन गरिएको थियो तर न्यायाधीशद्वय कार्की र भट्टराईका विषयमा सरकारी वकिलले निष्पक्षतामा प्रश्न उठाएपछि विषय केन्द्रित प्रारम्भिक सुनुवाइ हुन सकेको छैन ।
यसअघि गठित इजलासमा सदस्य रहनुभएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदक पक्षले प्रश्न उठाएका थिए । प्रश्नपछि पनि केसी र श्रेष्ठले इजलास छाड्न अस्वीकार गर्नुभएको थियो । आइतबार उहाँहरूलाई सहभागी नगराई वरिष्ठताका आधारमा इजलास गठन गरिएको थियो । सरकारी पक्षले यसअघि अघिल्लो इजलासमा केसी र श्रेष्ठ बस्ने भएपछि आफूहरू अलग हुने भनेर राय लेख्नुभएका कार्की र भट्टराईलाई इजलासमा राखे निष्पक्ष नहुने भन्दै आपत्ति जनाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?