logo
२०८१ बैशाख ७ शुक्रवार



निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना पसल र वर्कशप खोल्न पाइने

पढ्नै पर्ने |


निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना पसल र वर्कशप खोल्न पाइने


मुकुन्द गैरे

काठमाडौं, जेठ १९ गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ । यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु राति ९ बजे देखि विहान ९ बजे सम्म स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न पाइने भएको छ ।

निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप