logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यकामा दुई हजार ६३५ सङ्क्रमित थपिए

स्वास्थ्य |


उपत्यकामा दुई हजार ६३५ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ४ गते । काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ६३५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ६३५ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । हाल काठमाडौंमा २७ हजार ३३९ जना कोरोनाका सक्रिय बिरामी छन् । ललितपुरमा छ हजार ९९० सक्रिय बिरामी छन् भने भक्तपुरमा चार हजार ९१६ मा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।
त्यसैगरी काठमाडौंमा हालसम्म एक हजार २२८, ललितपुरमा ३२३ र भक्तपुरमा २४० जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?