logo
२०८१ बैशाख ६ बिहीवार



आठ हजार १३६ थपिए, छ हजार ८९१ कोरोनामुक्त, १९६ को मृत्यु

स्वास्थ्य |


आठ हजार १३६ थपिए, छ हजार ८९१ कोरोनामुक्त, १९६ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ४ गते । नेपालमा कोरोनाभाइरसका आठ हजार १३६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार २८६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका चार लाख ७२ हजार ३५४ बिरामी पुगेको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ८९१ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ५२ हजार ४१४ जना कोरोनामुक्त भएका छन् । हाल एक लाख १४ हजार ५२९ जना आइसोलेशनमा छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म पाँच हजार ४११ जना सङ्क्रमितको मृत्यु भएको छ । मन्त्रालयले कोरोनाबाट निको हुने दर ७४.६ प्रतिशत रहेको जनाएको छ । हाल ७५२ जना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?