logo
२०८० चैत्र १६ शुक्रवार



अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सिंहदरबारमा भेटवार्ता

मुख्य समाचार |


अध्यक्ष केपी शर्मा ओली र नेता  नेपालबीच सिंहदरबारमा भेटवार्ता


सपना थामी 

काठमाडौं, जेठ २ गते । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ । अहिलेको भेटवार्तामा पार्टीको आन्तरिक विवाद समाधानका सम्बन्धमा कार्यदल गठन लगायत समसामयिक विषयमा छलफल हुने एमाले नेता सुवास नेम्वाङले बताउनुभएको छ ।

सिंहदरबारमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको छलफलले सत्तारुढ एमालेभित्रको आन्तरिक जीवनमा देखिदै आएको विभिन्न मतभेद् र विवाद समाधान हुने आशा गरिएको छ । विगतमा पनि पार्टी अध्यक्षओली र नेता नेपालबीचमा वान टु वान वार्ता हुँदै आए पनि वार्ता सकारात्मकरुपमा अघि बढ्न सकेको थिएन ।

यसअघि सरकार गठनकै दिन पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा सकारात्मक वार्ता भएको र सामूहिक राजीनामा केही दिनलाई टरेको नेता नेपालले बताउनुभएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?