logo
२०८० चैत्र १६ शुक्रवार



एमाले अध्यक्ष ओली र नेता नेपालबीच १ बजे छलफल हुने

मुख्य समाचार |


एमाले अध्यक्ष ओली र नेता नेपालबीच १ बजे छलफल हुने


सपना थामी
काठमाडौं, जेठ २ गते । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल  बीचमा दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुँदैछ । आज दिउँसो हुने उक्त भेटवार्तामा आन्तरिक पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने विषय लगायत समसामयिक विषयमा छलफल हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

यसअघि वैशाख ३० गते उद्योगी रामेश्वर थापा निवासमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकारात्मक रहेको थियो ।   साे भेटमा पार्टीकाे विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएकाे थियाे । एमाले नेता नेपाल पक्ष्ँले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पु¥याउनुपर्ने जोडदार अडान राख्दै आउनुभएको छ । यहीबीचमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली र नेता नेपालबीचमा सिंहदरबारमा छलफल हुन लागेको हो ।

दुबै नेताबीचकाे सहमतिपछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री पदमा नियुक्ति हुनुभएको थियो ।

  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?