logo
२०८० चैत्र १६ शुक्रवार



असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्त विश्व शर्माले सपथ ग्रहण

अन्तर्राष्ट्रिय |


असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्त विश्व शर्माले सपथ ग्रहण


गुवाहाटी, बैशाख २७ गते।
भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सोमबार सपथ ग्रहण गर्नुभएको छ । उहाँ असमको १५ मुख्यमन्त्री बन्नुभएको छ । उहाँलाई राज्यका गभर्नर जगदीश मुखीले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो ।

मूख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रमसँगै सोही दलका १० र अन्य तीन विधायिकाले पनि कोभिड–१९ को नियमअनुसार सामाजिक दूरी कायम गरी मन्त्रीको रूपमा शपथ लिनुभएको छ ।

शपथ ग्रहण गर्ने १३ विधायिकामध्ये भाजपाका प्रदेश अध्यक्ष रञ्जितकुमार दास, निवर्तमान राज्य सरकारका मन्त्री चन्द्रमोहन पटवारी, परिमल सुक्ला बैद्य, जोगेश मोहन र सञ्जय किशनलगायतका १० जनाले शपथ लिनुभएको छ । असाममा मन्त्रीका रूपमा देखिएका नयाँ अनुहारहरूमा रञ्ज पेगु, बिमल बोरा तथा मन्त्रिपरिषद्मा एक मात्र महिला अजन्त नेओग रहनुभएको छ ।

गठबन्धनका साझेदार एजीपीका अतुल बोरा र पूर्व सरकारका दुबै मन्त्री केशव महन्ता र यूपीपीएलका पूर्व सभासद् यू जी ब्रह्माले पनि शपथ लिनुभएको छ ।

शपथ ग्रहण समारोहमा भाजपा अध्यक्ष जे पी नड्डा, निवर्तमान मुख्यमन्त्री सर्वानन्द सोनोवाल, केन्द्रीय मन्त्री जितेन्द्र सिंह, रमेश तेली, नागाल्याण्डका मुख्यमन्त्री निपु रियो र असाम काङ्ग्रेसका प्रमुख रिपुन बोरा लगायत उपस्थित हुनुहुन्थ्यो ।

असमको १२६ विधानसभा सीटमध्ये सत्तारुढ गठबन्धनले भाजपाका ६०सहित ७५ सीट जितेको थियो । असाममा भाजपा गठबन्धन लगातार दोस्रो पटक चुनाव जित्ने राज्यको पहिलो गैर–कांग्रेस सरकार हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?