logo
२०८१ बैशाख ८ शनिवार



सरकारमाथिको विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत

मुख्य समाचार |


सरकारमाथिको  विश्वासको प्रस्ताव संसदबाट अस्वीकृत



गोरखापत्र अनलाइन
कठमाडौं, वैशाख २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसद्को विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको प्रस्तावकाे पक्षमा ९३ मत परेको र विपक्षमा १२४ मत परेकाले बहुमतले अस्वीकृत भएको छ । आजको मतदानमा २३२ जना सहभागी हुनुहुन्थ्याे । मतदानमा बहुमतले प्रस्ताव अस्वीकृत भएकाे सभामुख अग्नि सापकाेटाले  घाेषणा गर्नुभएकाे हाे । कोरोना सङ्क्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो । कुल सांसद सङ्ख्या २७५ रहेकामा मतदानमा उपस्थित सङ्ख्या २३२,  पक्षमा ९३, विपक्षमा  १२४, तटस्थ सांसद १५ रहनुभएकाे छ । मतदानमा एमालेकै २८ सांसद अनुपस्थित रहनुभएकाे थियाे । 

यस अघि संसद्मा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको थियो । उहाँले यस्तो विषम परिस्थितीमा कोभिडविरुद्धको औषधिलगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताउनुभएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउँदै उहाँले कोभिडविरुद्धको लडाइँमा रहेको बेला प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको बताउनुभएको थियो । ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइँमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिलाे छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढङ्गले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भन्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?