logo
२०८१ बैशाख १३ बिहीवार



प्रधानमन्त्रीद्वारा ट्वीटमार्फत छलफलमा आउन पुन: आह्वान

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा ट्वीटमार्फत  छलफलमा  आउन  पुन: आह्वान


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २७ गते । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताउनुभएको छ । सोमबार बिहान असन्तुष्ट एमाले नेता माधवकुमार नेता पक्षका सांसदहरु बैठक बसिरहेको अवस्थामा पार्टी अध्यक्ष ओलीले हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा सबै सांसदहरुलाई उहाँले सामाजिक सञ्जाल ट्वीट मार्फत ध्यानकार्षण गराउनुभएको हो । उहाँले ट्वीट सन्देशमा भन्नुभएकाे छ, आउनुहाेस् केही समस्या छन् भने बसेर छलफल गराैं

उहाँले आफूले विश्वासकाे मत लिने प्रयाेजनका लागि आज दिउसाे १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीकाे पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएकाे  स्मरणसमेत गराउनुभएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?