logo
२०८० चैत्र १६ शुक्रवार



भ्रम फैलाइएजस्तो पार्टीले कसैलाई पक्षपात गर्दैन :अध्यक्ष ओली

मुख्य समाचार |


भ्रम फैलाइएजस्तो पार्टीले कसैलाई पक्षपात गर्दैन :अध्यक्ष ओली


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २६ गते । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएको राजनीतिक घटनाक्रमबारे आइतबार एक प्रेस विज्ञप्ति जारी गर्नुभएको छ ।

पार्टीका कतिपय नेताहरुमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको वक्तव्यमा उल्लेख छ र यसैका कारण आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको सिकार नबनाउन उहाँले अपिल गर्नुभएको छ । पार्टीभित्रै कहिले फ्लोर क्रस, अविश्वसको प्रस्ताव त कहिले सामूहिक राजीनामा जस्ता घटनाक्रमले पार्टीलाई पछार्न खोजिएको पनि प्रेस विज्ञप्तिमा छ ।

यससँगै समग्रमा भ्रमण् फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने कुरा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले वक्तव्यमार्फत आश्वासन दिलाउनुभएको छ । उहाँले नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै पार्टीलाई मजबुत पार्ने महान काममा सरिक हुन बताउदै पार्टीका सबै नेताहरुमा आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?