logo
२०८१ बैशाख १३ बिहीवार



मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मुख्य समाचार |


मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
फाइल तस्बिर


गाेरखापत्र अनलाइन

काठमाडौं, वैशाख २५ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा जारी छ । आज बाेलाइएकाे आकस्मिक बैठककाे एजेणडाबारे केही नखुलेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदाे वैशाख २७ गते विश्वासकाे मत लिदै हुनुहुन्छ । भाेलि २६ गते संवैधानिक परिषद्काे बैठक डाकिएकाे छ । यस्तै दाेस्राे लहरकाे काेराेना महामारी संकट समाधानका लागि सरकारले विभिन्न पहलकदमी गर्दै आएकाे छ । यहि अवस्थामा मन्त्रिपरिषद्काे बैठक बालुवाटारमा जारी छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?