logo
२०८१ बैशाख ८ शनिवार



नेपालमा कोभिड–१९ महामारी नियन्त्रणमा छ : प्रम

मुख्य समाचार |


नेपालमा कोभिड–१९ महामारी नियन्त्रणमा छ : प्रम
फाइल तस्बिर


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताउनुभएको छ । शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलकाे प्रत्यक्ष प्रसारणमा जोडिनुभएका प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको बताउनुहुँदै भावी दिनमा हुनसक्ने सङ्कटलाई दृष्टिगत गर्दै विश्व समुदायलाई सघाउन पनि विशेष अनुरोध गर्नुभएको छ । नेपालमा पनि दोस्रो लहरको कोरोना महामारीले भयावह रुप लिँदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु यस्तो अपिल गर्नुभएके हो । उहाँले सरकारले यसकाे नियन्त्रणका लागि सक्दाे प्रयास गरिरहेकाे बताउनुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?