logo
२०८१ बैशाख ८ शनिवार

   प्रकाशकीय   



नवीन युगमा गोरखापत्र

मुख्य समाचार |




गोरखापत्र आजबाट १२१ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९५८ वैशाख २४ गते गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो । राणा शासनको मध्यतिर प्रकाशन प्रारम्भ हुँदा गोरखापत्रले सुरुवात गरेको इतिहासको स्मरण आफँैंमा रोमाञ्चक छ । यसका संस्थापक÷व्यवस्थापक जयपृथ्वीबहादुर सिंहको नेतृत्वमा देश दुनियाँ र समाजमा भएका सूचना, तथ्य, सामग्री, समाचार, विचार, सन्देश प्रवाहित गरेर सबैलाई सुसूचित गर्ने उद्देश्य राखिएको थियो । यसमा सशक्त निरन्तरता रहँदै आएको छ ।
गोरखापत्र प्रकाशन सुरु भएको दिनलाई नेपालमा राष्ट्रिय पत्रकारिता दिवस घोषणा गरिएको छ । एसियाकै पुरानोमध्ये एक गोरखापत्र नेपालमा सुरु हुनु र देशले राष्ट्रिय पत्रकारिता दिवस त्यसै दिनलाई घोषणा गर्नु सुखद संयोग हो र यसले नयाँ युगको पत्रकारिताको ऊर्जा र सन्देश सँगसँगै बोकेको छ ।
गोरखापत्र नेपालको एकशताब्दीभन्दा बढी इतिहासको जीवन्त दस्तावेज हो । यो नेपाल र नेपालीको राष्ट्रिय धरोहर हो । सम्पदा र सम्पत्ति हो । आज अखबारी पत्रकारिता सँगसँगै डिजिटल युगमा गोरखापत्र र यसका प्रकाशन प्रतिस्पर्धी हुँदैछन् । अनलाइन, युट्युब हुँदै गोरखापत्र एपलगायतको नयाँ प्रवेशले छापा पत्रकारितालाई अझै समृद्ध पारिरहेको छ । देशको जेठो प्रकाशन विश्वव्यापी रूपमा आएका मुद्रण/प्रकाशन प्रविधिको नवीनतम् प्रयोगशाला हो र यसमा गोरखापत्रको अग्रगति निरन्तर रहेको पाठक महोदयमा सगर्व खुसी साट्न चाहन्छौँ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको गोरखापत्र नयाँ युगमा युगान्तकारी फड्को मार्दैछ । देशका ७५३ स्थानीय तह, सातवटै प्रदेश र सङ्घीय संरचनामा गोरखापत्रका ज्ञानवद्र्धक र समय सान्दर्भिक सत्यतथ्य समाचार, विचार र विविध पाठ्य सामग्री, विज्ञापन, सूचना, तस्बिर, रेखाचित्रहरू देश दुनियाँभर एकैसाथ हेर्न, पढ्न र सुन्न सक्ने अवस्थामा पुगेको छ । तीव्र गतिमा सूचना संसार बदलिइरहेको परिवेशमा नेपालबारे जान्न चाहने विश्वभरका पाठकसमक्ष गोरखापत्र आफ्ना छवटा प्रकाशन– गोरखापत्र, द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना मासिक र गोरखापत्र अनलाइन प्रस्तुत गरिरहेको छ । समग्र पाठकहरूले डिजिटल गोरखापत्र सजिलै पढ्न, वास्तविकता बुझ्न र डाउनलोड गर्नसमेत सहज हुने गरी प्रविधिको अधिकतम उपयोग भइरहेको छ ।
कोरोना (कोभिड–१९) को दोस्रो महामारी कालमा पनि हाम्रा प्रकाशनलाई प्रतिस्पर्धी बजारमा अब्बल प्रकाशनका रूपमा स्थापित गरिरहन प्रयासरत छाँैं । विषयवस्तु, साजसज्जा, तस्बिर, छपाइ, लेआउटका दृष्टिमा अझै अग्रणी रहिरहने पुनः प्रण गर्दछौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानको प्रवद्र्धन गर्दै राष्ट्रको विकास निर्माण नीति, दिशा, उपलब्धि र समाचारीय मूल्यका प्रयासहरूका विशेष सामग्रीहरू प्रस्तुत गर्नु हाम्रो प्राथमिकता हो । कोरोना महामारीले हाम्रो आर्थिक क्षेत्र, बजार, जनजीवन, विकास सबैतिर पारेको प्रभाव र चुनौतीलाई सामना गर्दै बन्दाबन्दीमा समेत प्रकाशनको निरन्तरताका लागि गोरखापत्र संस्थानका सम्पूर्ण पत्रकार, कर्मचारी, प्राविधिक, वितरकहरूले पु¥याइरहेको योगदानको प्रशंसा गर्दछु । डिजिटल संसारको नयाँ युगमा अझ सशक्त रूपमा गोरखापत्रलाई समग्र पाठकको पहिलो रोजाइको पत्रिका बनाउने प्रण गर्दछौंँ । १२१औँ वर्ष प्रवेशको यो पुनीत अवसरमा गोरखापत्र संस्थानमा कार्यरत पत्रकार–कर्मचारी, प्राविधिज्ञ, लेखक, पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैमा बधाई तथा संसारभर छरिएर रहनुभएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछाँैं । खुसी साट्न, उत्सव मनाउन चाहन्छाँैं ।


कृष्णमुरारी भण्डारी
कार्यकारी अध्यक्ष

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?