logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्रप्रधानको निधनले दुखी तुल्यायो – राष्ट्रपति

मुख्य समाचार |


नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्रप्रधानको निधनले दुखी तुल्यायो – राष्ट्रपति


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको मृत्युले दुखी तुल्याएको बताउनुभएको छ । नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्र वरिष्ठ गायक स्वर्गिय प्रधानप्रति राष्ट्रपति भण्डारीद्धारा श्रद्धाञ्जलीका साथै शोकाकूूल परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

वरिष्ठ गायक प्रधानले नेपाली सांगीतको श्रीवृद्धिमा पुु¥याउनुुभएको योगदानलाई हामी चीरकालसम्म सम्झिरहनेछौं, राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत लेख्नुुभएको छ ।

प्रधानले गाउनुुभएको वि.सं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, २०२१–२०२२ सालतिरको घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत लोकप्रिय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?