logo
२०८१ बैशाख १३ बिहीवार

 नेकपा स्थायी कमिटी बैठक जारी 



राष्ट्रिय सभाको उम्मेदवार र विशेष अधिवेशनबारे छलफल हुँदै

मुख्य समाचार |


राष्ट्रिय सभाको उम्मेदवार र विशेष अधिवेशनबारे छलफल हुँदै


गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख २३ गते । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।  बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

एमाले नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय सभाको उपनिर्वाचनमा काँग्रेस, माओवादी केन्द्रसहित अन्य दलसँग गठबन्धन गर्ने विषयमा नेता नेपाल पक्षलाई कारबाही गर्ने कुराहरु विभिन्न सञ्चार माध्यममा आइरहेका छन् । तर, आजको बैठकले कारबाहीसम्बन्धी निर्णय भने नगर्ने तामाङ बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?