logo
२०८१ बैशाख १३ बिहीवार



सांसदको कोरोना परीक्षण हुने

राष्ट्रिय |


सांसदको कोरोना परीक्षण हुने
फाइल तस्बिर


गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २२ गते । प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । वैशाख २२ र २३ गते कोरोना परीक्षण हुन लागेको हो । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।
सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । यस्तै संसद्का महासचिव, सचिवहरू, कार्यव्यवस्था र सांसद सुविधा शाखाका कर्मचारीको नमुना सङ्कलन गरिने छ । सङ्घीय संसद्का सबै कर्मचारीको कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिने छ । साथै पदाधिकारीका निजी सचिवालयमा कार्यरत कर्मचारीको नमुना सङ्कलन पनि बुधबार नै हुनेछ ।
यस्तै बिहीबार पनि परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । बिहीबार सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, बैठकको सुरक्षामा खटिने सुरक्षाकर्मी, बैठक कक्षमा उपस्थित हुने सञ्चारकर्मीको नमुना सङ्कलन हुनेछ । यस्तै स्वकीय सचिवलगायतका कर्मचारी, चेकजाँचमा खटिने कर्मचारीको पनि बिहीबार नै नमुना परीक्षण हुनेछ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?