logo
२०८० चैत्र १५ बिहीवार



लुम्बिनी प्रदेश, जसपाका चार नेता मन्त्री बन्दै

प्रदेश |


लुम्बिनी प्रदेश, जसपाका चार नेता मन्त्री बन्दै


दीपक ज्ञवाली
बुटवल, वैशाख ६ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै नयाँ राजनीतिक घटनाक्रम तीव्र भएका छन् । अविश्वास दर्तासँंगै नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका दुई मन्त्रीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले भने आजै रिक्त स्थानमा नयाँ मन्त्रीहरुसँगै चार मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यलय स्रोतले जनाएको छ ।
मुख्यमन्त्री कार्यलय सचिवालयका अनुसार नयाँ मन्त्रीहरुको शपथग्रहण साँझ ४ बजे प्रदेश प्रमुखको कार्यालयमा हुनेछ । स्रोतका अनुसार जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन रायमाझी आज नयाँ मन्त्रीका रुपमा थपिनेछन् ।
ती चारमध्ये कल्पना बाहेक तीन जनाले आजै दर्ता अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । यसअघि आजै नेकपा माओबादी केन्द्रका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिनुभएको थियो ।
जसपाका चार मन्त्रीहरु थपिएमा मुख्यमन्त्री पोखरेलको सरकार सुरक्षित हुन सक्नेछ । यसअघि माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
प्रस्ताव दर्ता लगत्तै उक्त गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै ती कुराकाे जानकारी गराएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?