logo
२०८१ बैशाख ८ शनिवार



‘हनी ट्र्यापिङ’ गिरोहको जालोमा पर्दै पुरुष

खुला |


‘हनी ट्र्यापिङ’ गिरोहको जालोमा पर्दै पुरुष



देवबहादुर कुँवर

काठमाडौँ, चैत १० गते । परिचित जस्तो लाग्ने युवतीले बारम्बार फोन गरी भेट्न बोलाइरहेकी छिन् भने होस् पु¥याउनुहोला । अन्यथा ‘हनी ट्रयाप’को सिकार हुन सक्नुहुने छ ।
पछिल्ला समयमा साथीसङ्गीले जस्तै मीठो शैलीमा उत्तेजित गफ गरी फकाइफुल्याई होटल लज, गेस्टहाउस, रिसोर्ट र एकान्त स्थानमा भेट्न बोलाई पुरुषलाई ठगी गर्ने प्रवृत्ति (हनी ट्र्यापिङ)का घटना बढ्न थालेका छन् ।
विशेषगरी आर्थिक एवं सामाजिक पहुँच र प्रतिष्ठा भएका पुरुषको पहिचान गरी भेट्न बोलाउने तथा सोही भेटमा भएका अन्तरङ्ग क्रियाकलाप र संवाद रेकर्ड गरी लाखौँ रुपियाँ ‘बार्गेनिङ’ हुने गरेको जानकारी प्रहरीले दिएको छ ।
हनी ट्र्यापिङमा गिरोहबाट १२ जना पुरुष पीडित बनेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले हनी ट्र्यापिङको अभियोगमा चार महिलासहित एक पुरुषलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–१० घर भई घट्टेकुलो बस्ने ललिता भन्ने ३७ वर्षीया लालसरी शाही, सोही नगरपालिका घर भई हाल कपन बस्ने ३७ वर्षीया कल्पना हमाल, जाजरकोट भेरी नगरापलिका–६ घर भई गोंगबु बस्ने २८ वर्षीय सङ्गीता शाह ‘रितु’, सिन्धुपाल्चोक साँगाचोककी २१ वर्षीय सुस्मिता गिरी र सहयोगी पुरुष नुवाकोट ताँदीका शङ्कर खनाल छन् ।
अभियुक्त लालसरी र कल्पनाले कोटेश्वरका एक पुरुषलाई गेस्ट हाउसमा भेट्न बोलाई गोप्य भिडियो बनाएकी हुन् । सो भिडियो ‘म्यासेन्जर’मार्फत पठाइ १० लाख रुपियाँबाट ‘बार्गेनिङ’ सुरु गरी तीन लाख दुई हजार रुपियाँ लिएको पीडितले बताएका हुन् ।
त्यस्तै सङ्गीता र सुस्मिताले कपन तथा इमाडोलमा बस्ने दुई पुरुषलाई चावहिलस्थित गेस्टहाउसमा भेट्न बोलाई गोप्य रूपमा भिडियो खिचेर आठ लाख र पाँच लाख गरी १३ लाख रुपियाँ माग गरेको जानकारी प्रहरीले दिएको हो ।
मागेजति रकम नदिए गोप्य भिडियो सार्वजनिक गर्ने र जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएपछि पीडित पुरुषहरू ती महिलाविरुद्ध उजुरी लिएर प्रहरी महाशाखा पुगेका थिए । अभियुक्त लालसरी अपहरण तथा कर्तव्य मुद्दामा सात वर्ष र कल्पना जबरजस्ती करणीसम्बन्धी झुटा जाहेरी मुद्दामा छ महिना कारागार सजाय काटेर छुटेका हुन् ।
यसअघि न्युरोडका एक व्यापारीलाई पुतलीसडकस्थित होटलमा भेट्न बोलाई गोप्य भिडियो बनाई १० लाख रुपियाँ ‘बार्गेनिङ’ गरेको अभियोगमा प्रहरीले ठमेलस्थित मसाज पार्लर र डान्स रेस्टुराँमा काम गर्ने दुई महिलालाई पक्राउ गरेको थियो । हाल दुवैजना महिला धरौटीमा छुटिसकेका छन् ।
उपत्यका लगायतका विभिन्न सहरी क्षेत्रमा यो समस्या जटिल अपराधका रूपमा फैलिँदै गएको दाबी प्रहरीको छ । महाशाखाका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले कतिपय पीडित पुरुष लाजले उजुरी दिन नआउने गरेको बताउनुभयो ।
मह सुँघाएर माहुरी बटुले जस्तै यस्ता महिलाले शारीरिक सम्बन्धको प्रलोभन देखाई लुट्ने गरेका छन् । कुनै पुरुषको फोन उपलब्ध हुने बित्तिकै तारन्तार फोन सम्पर्क गर्छन्, सुरुमा चिया, कफी र खाजा खाने निहुँमा भेट्न बोलाउँछन् । पहिलो भेटमा यौन आशक्ति, आनीबानी र पैसा खर्च गर्ने क्षमताका सम्बन्धमा जानकारी हासिल गर्छन् ।
यसरी सम्पर्कमा आएकालाई मोहजालमा पारेपछि होटल वा लज तथा रिसोर्टमा पु¥याई अन्तरङ्ग सम्बन्ध कायम राख्न लगाई गोप्य रूपमा भिडियो बनाई पैसाको बार्गेनिङ सुरु गर्छन् । प्रहरीका अनुसार उक्त भिडियो वा संवाद आफन्त, परिवार र श्रीमतीसम्म पु¥याइदिने डर देखाउँछन् । कतिपयले जबरजस्ती करणीसम्मको मुद्दा लगाउने गरेको पाइएको छ । प्रहरीले यस्ता महिलाको सम्पर्कबाट टाढा रहन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?